सलाका डेरी फार्म एक कृषि फर्म,
श्री आङ फुर्वा शेर्पा सलाका डेरी फार्मका प्रबन्ध निर्देशक हुन। उहाँले कृषि र कृषि क्षेत्र (कृषी तथा पशु)को अध्ययन भारतमा ५ वर्ष र इजरायलमा ८ वर्ष काम गरि हासिल गर्नुभएको हो । भारत र इजरायलमा रहँदा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा नै फलाउने फुलाउने, आय आर्जन, र रोजगारीको माध्यम बनाउने अठोटका साथ स्वदेश फर्किएर २०१४ मा आफु र आफ्ना परिवारसमेतको सहकार्य र सामुहिक नेतृत्वमा सलाका डेरी फार्म नामक कृषि फर्मको स्थापना गर्नुभयो र संचालनमा ल्याउनुभयो । उहाँ सामुहिक नेतृत्व र सामुहिक काममा विश्वास गर्ने भएकोले मिलेर काम गरे पारिवारिक जीवनस्तर र क्षमता अभिवृद्धि भई आय आर्जन र सामुहिक उत्थान हुने विश्वास गर्नुहुन्छ ।
सलाका डेरी फार्मको सही पहिचान कायम राख्न निर्देशकले सँधै स्वयं व्यवस्थापन, संचालन एवं सहजीकरण गर्न सधै सक्रिय संलग्न रहनुका साथै सहजकर्ताको भुमिका समेत निर्वाह गरीरहनु भएको छ | फलस्वरूप उहाँलाई २०१६ मा उत्कृष्ट किसान र २०२२ मा निरन्तर कृषिको विकासमा सेवा गर्ने संकल्पको लागि राष्ट्रिय उत्कृष्ट कृषक व्यवसायबाट समेत सम्मान गरिएको छ ।
सलाका डेरी फार्ममा रहेका घरपालुवा पशुको जीवन तथा खानपीन एवं स्वास्थ्य उपचार सम्बन्धित ज्ञान प्राप्त गर्नको लागि पशुधन उत्पादन र स्वास्थ्य सम्बन्धि डिप्लोमा गर्नुभएको थियो। सलाका डेरी फार्ममा कार्यरत कर्मचारी, परिवारका सदस्यहरूलाई उत्प्रेरित प्रोत्साहन र सीप विकासको क्षमता अभिवृद्धि गर्न समय समयमा प्रशिक्षण, हौसला, अनुभवको आदानप्रदान एवं उत्प्रेरणा प्रदान गर्दै काममा सधै स्फुर्ति बनाई राख्न आफ्ना अनुभव सुनाउदै प्रेरणा दिने काम प्रबन्ध निर्देशक आङ फुर्वाबाट भइरहन्छ । जसबाट संस्थाले आफ्ना सहयोगी हातबाट शतप्रतिशत सेवा प्राप्त गर्दै आफ्नो लक्ष्यलाई उचाईमा ल्याउन सक्षम भएको छ ।
उहाँसँग अत्यन्त समर्पित र मेहनती टोली सदस्यहरू पनि छन् जसले कम्पनीको सुचारु सञ्चालनको लागि आफ्नो शतप्रतिशत दिन्छन्।
सलाका डेरी फार्म टोलीका सदस्यहरू
- आङ फुर्वा शेर्पा (प्रबन्ध निर्देशक) ९८५१०१३२६९
- पासाङ शेर्पा (मार्केटिङ प्रबन्धक) ९८०३२३८५१०
- कुञ्जाङ शेर्पा (फिड प्रबन्धक